सबै समाचार

रसुवाको लाङटाङमा हिउँ पहिरो आएपछि अरिष्ठको संकेत

रसुवाको लाङटाङमा हिउँ पहिरो झर्दै गरेको ।तस्बिरःसामाजिक संजाल

काठमाडौं– रसुवाको लाङटाङमा विहिबार हिउँ पहिरो गएको छ ।

स्थानीयका अनुसार बिहिबार दिउँसो २ बजेर ५५ मिनेटको समयमा लाङटाङ लिरुङबाट हिउँ झरेको हो । सधै झैं सानो रुपमा बग्ने लाङटाङ खोला विहिबार दिउँसो ठूलो आवाज सहित पहिरो गएको थियो । उक्त हिउँ पहिरो ३ मिनेटसम्म गएको बताइएको छ । लाङटाङ आवतजावत गर्ने पर्यटक र स्थानीयवासीलाई उक्त पहिरो झरेपछि रोक लगाइएको थियो । कुनै भौतिक तथा मानवीय क्षति भने भएको छैन ।

२०७२ साल बैशाखा १२ गतेको महाभुकम्प जानु अघि लाङटाङभन्दा माथिको मुण्डु गाउँको खोलामा हिउँपहिरो गएको थियो । त्यो हिउँ पहिरो रोकिएपछि पनि उक्त खोल्सामा धमिलो भएको थियो । त्यसरी सानो खालका हिउपहिरो जानु, खोलामा धमिलो पानी आउनुले केही ठूलै विनास हुने संकेतलाई वेवस्ता गर्दा लाङटाङमा भुकम्पले ठूलो विनास निम्त्याएको स्थानीयवासी सम्झन्छन् । स्थानीयले त्यतिबेला अरिष्ठको हुने अनुमान गरेका थिए । पछि भुकम्प आएर लाङटाङ गाउँ नै सखाप बनाएको थियो ।

Exit mobile version