काठमाडौं– काठमाडौ उपत्यका लगायत देशका अधिकांश स्थानमा हावाहुरी, असिना सहित वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागले काठमाडौंले जनमानसलाई सतर्क रहन एकदिन अघि मौसम पूर्वानु सूचना जारी गरेको थियो । उपत्यकाको ललितपुर, भक्तपुर र काठमाडौंमा हुरी, असिना र वर्षा भएको थियो । विभागले अझै एकदुईदिन सर्तक रहन आग्रह गरेको छ ।
हुरीबतासहितको वर्षाका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल लड्ने, तार चुँडिने तथा हुरीले जस्तापाताले छाएका छाना उड्ने जोखिम रहेको विभागले जनाएको छ ।
हुरी र असिनाको परको समयमा बाहिर ननिस्कन र सुरक्षित रुपमा बस्न विभागले सूचनामार्फत सूचीत गरेको थियो । साथै विद्यालय बस छुट्ने समयमा विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिन अभिभावक तथा सम्बन्धित निकायलाई आग्रह गरिएको थियो ।
