काठमाडौं–अमेरिकामा मंगलबार नोभेम्बर ३ मा मध्यावधि निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको मध्यबिन्दुमा हुन लागेको यो चुनावलाई उनको शासनको जनमत परीक्षणका रूपमा हेरिएको छ ।
निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ । रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा आफ्नो झिनो बहुमत जोगाउने चुनौती सामना गरिरहेको छ ।
सर्वेक्षणहरूले प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीको सम्भावना बलियो देखाएका छन् भने सिनेटको प्रतिस्पर्धा कडा रहेको छ ।
ट्रम्पको अवस्था के छ?
राष्ट्रपति ट्रम्पको लोकप्रियता घटेर करिब ३२ प्रतिशतमा पुगेको पछिल्लो रोयटर्स÷इप्सोस सर्वेक्षणले देखाएको छ । महँगी, आर्थिक असन्तुष्टि र इरान युद्धप्रति जनताको चिन्ताले रिपब्लिकनलाई दबाबमा पारेको छ । डेमोक्रेटहरूले चुनावमा सफलता हासिल गरे ट्रम्पको आगामी दुई वर्षको शासनमा संसदीय अवरोध र अनुसन्धान बढ्न सक्छ ।
मंगलबारको चुनावमा ट्रम्प स्वयं उम्मेदवार होइनन् । यसको परिणामले उनको राजनीतिक प्रभाव र सन् २०२८ को राष्ट्रपति चुनावको दिशासमेत निर्धारण गर्न सक्नेछ ।
