मुख्य समाचार श्रेणीहरू सबै

अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीको अग्रता, ट्रम्पलाई चुनौती

काठमाडौं–अमेरिकामा सम्पन्न मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेको छ ।यस परिणामले राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक योजनामा चुनौती थपिने देखिएको छ ।


प्रारम्भिक परिणामअनुसार सिनेटमा डेमोक्रेटिक पार्टीले ५४ सिट र रिपब्लिकन पार्टीले ४४ सिट प्राप्त गरेका छन् । २ सिट स्वतन्त्र सदस्यका रहेका छन् ।

त्यसैगरी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले २२८ सिट र रिपब्लिकन पार्टीले १३९ सिट जितेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

महँगी, आर्थिक अवस्था तथा सरकारका नीतिप्रति मतदाताको असन्तुष्टि चुनावी परिणाममा प्रभावकारी भएको विश्लेषण गरिएको छ ।

संसद्मा विपक्षी दलको बलियो उपस्थिति भएपछि राष्ट्रपति ट्रम्पलाई आगामी दिनमा आफ्ना नीतिहरू कार्यान्वयन गर्न कठिन हुन सक्ने देखिएको छ ।

अमेरिकी मध्यावधि चुनावले आगामी राजनीतिक दिशा र सन् २०२८ को राष्ट्रपति चुनावको सम्भावित समीकरणबारे समेत चासो बढाएको छ ।

Exit mobile version