सबै समाचार

अभियान्ता वाङचुकलाई ६ महिनापछि जेलमुक्त

काठमाडौ–इण्डिया (भारत)ले लद्दाखका चर्चित अभियन्ता सोनम वाङचुकलाई ६ महिनापछि जेलमुक्त गरेको छ ।

वाङचुकलाई हिमाली क्षेत्र लद्दाखका लागि पूर्ण स्वायत्त राज्यको हैसियत वा त्यहाँका आदिवासी समुदायका लागि संवैधानिक सुरक्षा माग गर्दै आन्दोलन थालेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

सेप्टेम्बरमा भएको प्रदर्शनमा उनलाई पक्राउ गरिएको थियो । उक्त आन्दोलनको क्रममा ४ जनाको ज्यान गएको थियोभने दर्जनौँ घाइते भएका थिए ।
गत शनिबार अभियन्ता वाङचुकलाई रिहा गर्न अदालतले आदेश दिएको थियो ।

भारतले गत शनिबार अर्थात ३० फागुनमा लद्दाखका प्रमुख अभियन्ता सोनम वाङचुकको निवारक हिरासतको अन्त्य गरेको बताइएको छ ।
लद्दाखको बृहत् स्वायत्तताका लागि भएको आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेका ५९ वर्षीय वाङचुकलाई गत सेप्टेम्बरमा भारतको राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत पक्राउ गरिएको थियो । आन्दोलनका क्रममा ४ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।

वाङचुक लगायत लद्दाखवासीले लद्दाखलाई पूर्ण संघीय राज्यको दर्जा दिनुपर्ने वा आदिवासी समुदाय, जमिन र नाजुक वातावरणको संवैधानिक सुरक्षाको मुख्य माग राख्दै भोक हडतालमा रहेका वाङचुकको उत्तेजक भाषणका कारण उनीमाथि नयाँदिल्लीले हिंसा फैलाएको आरोप लगाएको थियो । चीन र पाकिस्तानसँग सीमा जोडिएको कम जनसंख्या भएको उच्चहिमाली क्षेत्र लद्दाखका अधिकारीहरूले त्यसबेला लेहका जिल्ला प्रशासकले जारी गरेको आदेश सार्वजनिक सुव्यवस्था कायम गर्न आवश्यक रहेको बताएका थिए ।

भारतको कडा राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत कुनै पनि संदिग्धलाई औपचारिक आरोप बिना १२ महिनासम्म हिरासतमा राख्न सकिने कानुनी व्यवस्था छ ।
त्यहाँको गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै वाङचुकको नजरबन्दलाई तत्काल लागू हुने गरी अन्त्य गर्ने निर्णय गरेको थियो । गत वर्ष विरोध प्रदर्शनको नेतृत्व गरेको लेहको उच्च अदालतका वकिल मुस्तफा हाजीले वाङचुकलाई पश्चिमी शहर जोधपुरको जेलबाट रिहा गरिएको थियो ।
गृह मन्त्रालयले लद्दाखमा शान्ति, स्थिरता र आपसी विश्वासको वातावरण बनाउन प्रतिबद्ध रहेको र सबै सरोकारवालाहरूसँग अर्थपूर्ण संवाद गर्न प्रतिबद्ध रहेको बताएको छ । वाङचुककी पत्नी गीताञ्जली आङ्मोले रिट हालेकी थिइन् ।

वाङचुक रिहा भएपनि अहिले उक्त मुद्दाको भविष्य स्पष्ट पारिएको छैन । पेसाले इन्जिनियर रहेका वाङचुक हिमालयमा पानी संरक्षणका लागि अग्रगामी परियोजनाका लागि परिचित मानिन्छन् । उनले वातावरणीय कार्य र लद्दाखमा स्थानीय विद्यालय शिक्षा सुधारमा योगदानको लागि सन् २०१८ मा प्रतिष्ठित रेमन म्यागसेसे पुरस्कृत भएका थिए । उनको जीवन र कामले बलिउड अभिनेता आमिर खानले फिल्म ‘थ्री इडियट्स’ मा खेलेको भूमिकालाई प्रेरित गरेको जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सन् २०१९ मा लद्दाखलाई भारत प्रशासित कश्मीरबाट विभाजन गरेको थियो र दुवैमा प्रत्यक्ष शासन लागू गरेको थियो । त्यसपछि लद्दाखले आफूलाई भारतको संविधानको ‘छैटौँ अनुसूची’ मा समावेश गर्न र उनीहरूको कानुन र नीतिहरू बनाउन आफ्नै स्थानीय विधायिका राख्न नयाँदिल्लीलाई आह्वान गरिएको थियो ।

Exit mobile version