अर्थ तथा कृषि मुख्य समाचार

अस्थिपञ्जर बोकेर बैंक पुगेको दाबी, सामाजिक सञ्जालमा भाइरल दृश्यले उठायो कानुनी संवेदनशीलताको प्रश्न

काठमाडौं — सामाजिक सञ्जालमा यतिबेला एक स्तब्ध पार्ने तस्बिर भाइरल भइरहेको छ, जसमा एक पुरुषले अस्थिपञ्जर बोकेर बैंक पुगेको देखिन्छ।

भाइरल सामग्रीअनुसार उक्त घटना भारतको ओडिसा राज्यस्थित केओन्झार जिल्लाको बताइएको छ। तस्वीरमा देखिएका व्यक्तिलाई जितु मुण्डा भनिएको छ, जसले आफ्नी मृत दिदी कालराको खातामा रहेको रकम झिक्न यस्तो कदम चालेको दाबी गरिएको छ।

सामाजिक सञ्जालमा फैलिएको विवरणअनुसार, उनकी दिदीको मृत्यु भएपछि बैंकले खातावाला स्वयं उपस्थित हुनुपर्ने अडान राखेको र त्यसपछि उनी अस्थिपञ्जर बोकेर बैंक पुगेको उल्लेख गरिएको छ।

तर, यो घटनाको आधिकारिक पुष्टि भने हुन बाँकी छ।

तस्बिर र कथाले सामाजिक सञ्जालमा व्यापक बहस निम्त्याएको छ—विशेषगरी कानुनी प्रक्रिया र मानवीय संवेदनशीलताबीचको सन्तुलनबारे। धेरै प्रयोगकर्ताहरूले यस्तो अवस्था वास्तविक भए अत्यन्तै दुखद र चिन्ताजनक हुने प्रतिक्रिया दिएका छन्। यस घटनाले पुनः एउटा प्रश्न उठाएको छ— कानुनी प्रक्रिया ठूलो कि मानवीयतारु

Exit mobile version