काठमाडौँ–नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चौथो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरालाई हराउँदै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।
आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले ६ विकेटको जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले उक्त लक्ष्य १६ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ रनको अविजत इनिङ खेले । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । त्यसैगरी ब्रान्डन म्याकमुलेनले २२ रन बनाउँदा इशान पाण्डेले ३७ रन बनाए । त्यसैगरी साइब जाइबले १५ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रन बनाए । पोखराका लागि महेदी हसनले ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले २१ रन बनाए ।
त्यसैगरी सकिब अल हसनले १४ रन बनाउँदा उसका लागि सर्वाधिक राम्रो प्रदर्शन भने अर्जुन घर्ती मगरको नाममा रह्यो । उनले २५ बलमा ४० रनको इनिङ खेल्दा टोलीले मध्यम लक्ष्य प्रस्तुत गर्न सफल भए ।
सुदूरपश्चिमका लागि अनिल खरेलले ३ विकेट लिंदा हेमन्त धामी, स्कट कुग्लीङ र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका थिए ।
साभारः देशसंचार
