अर्थ तथा कृषि सबै

७० वर्ष पुग्यो नेपालले आफ्नै नोट चलाएको

काठमाडौं– आफ्नै मुदा चलाएको सातदशक पुगिसकेको छ । नेपालमा आफ्नै मुद्रा चलाउन र आर्थिकस्थिरता कायम गर्न केन्द्रीय बैकको रुपमा नेपाल राष्ट्र बैकको स्थापना विसं. २०१३ साल वैशाख १४ गते भएको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०१२ अन्तर्गत मुलुकभर आफ्नै मुद्रा चलनचल्तीमा ल्याउने लगायत आर्थिकस्थिरता कायम गर्न राष्ट्र बैक स्थापना गरिएको थियो ।
२०१६ साल फागुन ७ गते १ रुपैयाँकोे कागजी नोट छापेर नेपालमा प्रचलनमा ल्याएको थियो ।

मुलुकको आर्थिक क्षेत्रको व्यवस्थापन, मुद्रा छपाइ तथा वित्तीय स्थिरता कायम गर्ने उद्देश्य राष्ट्र बैंकको छ ।
नेपाल राष्ट्र बैकले विदेशी मुद्रा विनियम दर निर्धारण र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण, विदेशी मुद्रा नीति नियन्त्रण गर्छ ।
राष्ट्र बैक र वित्तीय संस्थाहरूको मौद्रिक विनिमायक, निरिक्षण, सुपरिवेक्षण तथा अनुगमनको साथै प्रक्षेपणको रूपमा रहेको छ ।
राष्ट्र बैकले अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापकीय कार्य पनि गर्दै आएको छ ।
नेपाल राष्ट्र बैक ऐन २०५८ परिचालन गरी त्यसमा बैकको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ ।

पहिलो गर्भनर २९ वर्षिय हिमालय शमसेर
राष्ट्र बैंक स्थापनापछि २०१७ साल माघ २५ सम्म २९ वर्षको उमेरमा हिमालय शमसेरले राष्ट्र बैंकको पहिलो गभर्नरको जिम्मेवारी पाएका थिए । उनले गभर्नर भएसँगै राजा महेन्द्र शाह जस्ता शासकको सल्लाह अनुसार नेपालमा भारतीय रुपैयाँ हटाएर नेपाली रुपैयाँ कायम गर्न सम्भव भएको थियो ।

तस्बिरः पहिलो गर्भनर हिमालय शमसेर

त्यसअघि नेपालमा भारतीय रुपैयाको नोट बढी चलनचल्ती र विगविगी थियो । जुन नोटलाई कम्पनी नोट भनिन्थ्यो । त्यतिबेला भारुलाई नेपालीमा परिवर्तन गर्दा सटही दर निर्धारण गर्न निकै कठिन भएको थियो । राष्ट्र बैकले ३ वर्ष लगाएर त्यसमा अनुसन्धान गरेर भारु सटही दर निर्धारण गरिएको थियो ।

Exit mobile version