अर्थ तथा कृषि मुख्य समाचार सबै

बढ्यो ग्यास, घट्यो पेट्रोल

काठमाडौँ— सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम आयल निगम सञ्चालक समितिको विहिबार बसेको बैठकले बिहीबार मध्यरातिदेखि लागू हुने गरी प्रतिसिलिन्डर १५० रुपैयाँले मुल्य वृद्धि गरेको जनाएको छ ।


त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४६ ले वृद्धि गरेको छ ।


डिजेल÷मट्टितेलमा भने लिटरमा १२ र पेट्रोलमा २ रुपैयाँ भाउ घटाएको निगमले विहिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Exit mobile version