मुख्य समाचार सबै

ग्यास सिलिण्डर ठूला होटल र पहुँचवालाले राखेपछि सर्वसाधारणलाई आधा

काठमाडौं—सरकारले खाना पकाउने एलपि ग्यासको बढ्दो माग र आपूर्ति व्यवस्थापन गर्न मिलाउन नसकेपछि आधा सिलिण्डर मात्र ग्यास उपभोक्तालाई दिने भएको छ ।

मध्यपूर्वमा युद्ध भई आपूर्तिमा समस्या आएको जनाउँदै बजारमा कृतिम अभाव सिर्जना भएको र त्यसको फाइदा नेपालका ठूला होटल र पहुँचवाला लिएपछि बजारमा ग्यासको हाहाकार भएको बताइएको छ ।

त्यसको असर सर्वसाधारणलाई परेको छ । त्यसलाई मध्यनजर गर्दै नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुने गरी आधा सिलिन्डर ग्यास वितरण गर्ने विज्ञप्ति मार्फत जनाएको छ ।
निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा सिलिन्डरमा ७ दशमलव १ केजी मात्रै ग्यास भरेर बिक्री वितरण गर्ने जनाएको छ । त्यसको मूल्य ९५५ रुपैयाँ कायम गरिएको छ ।

निगमले जारी विज्ञप्तिमा भनेको छ, ‘हालको परिस्थितिलाई दृष्टिगत गरी एल. पि. ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको मागबमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले मिति २०८२÷११÷२९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७ दशमलव १ के.जि. एल. पि. ग्यास भरी प्रतिसिलिण्डर आधा मूल्य(रु.९५५ ।–)मा बिक्री वितरण गर्ने निर्णय भएको हुँदा आम उपभोक्ता वर्गले सोहीअनुसार एल.पि.ग्यास खरिद गर्न अनुरोध छ ।’नेपालमा १ करोड सिलिण्डरमा ग्यास भरिन्छ भने प्रतिमहिना ४५ लाख सिलिण्डर बजारमा चलायमान हुने गरेको बताइएको छ ।

Exit mobile version