मुख्य समाचार सबै

सर्वोच्चमा प्रधानन्यायाधीश शर्माव्दारा पदभार ग्रहण

काठमाडौं–प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् ।


उनलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै सर्वोच्च अदालत रामशाहपथ पुगेर पदभार ग्रहण गरेका छन् ।

उनी मंगलबार संसदीय सुनुवाइ समितिबाट अनुमोदित भए लगत्तै शपथ ग्रहण गराइएको थियो । संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।

संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परालाई थाति राखेर शर्माको नाम सिफारिस गरेको थियो । उनको नाम सिफारिस भएपछि नेपाल बारले न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै विरोध जनाएका थिए ।

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीले नै अनुमोदन गर्न मिल्ने सहज वातावरण बनेपछि शर्मा प्रधानन्यायाधिशमा सिफारिस भएका थिए ।
वरीयताक्रम अनुसार सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल प्रधानन्यायाधीश हुने आकांक्षी थिइन् । उनी अघिल्लो सरकारकापालामा घुमाउने पथबाट सर्वोच्च अदालत आएको सर्वोच्चभित्र चर्चा छ ।

अहिले जारी भएको संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा ६ सदस्यीय छ । त्यसमा ३ जनाको निर्णयले प्रधानन्यायाधीश छनौट गर्न सक्ने प्रवाधान अध्यादेशमा राखिएको थियो । सोही अध्यादेशबाट परिषद्ले बैठकले शर्माको नाम सिफारिस गरेको थियो ।

Exit mobile version