मुख्य समाचार शिक्षा, स्वास्थ्य तथा खेलकुद श्रेणीहरू

बाढीका कारण रसुवा–नुवाकोटका ६ सय विद्यार्थी सम्पर्कविहीन

काठमाडौं—बाढीपहिरोका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्र प्रभावित ६ सय विद्यार्थी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । विस्तृत प्रतिवेदन भने आउन बाँकी रहेको सरकारी निकायहरुले जनाएका छन् ।


रसुवामा २८० र नुवाकोटमा ३०० देखि ३५० जनासम्म विद्यार्थी सम्पर्कमा नरहेको बताइएको छ । स्थानीय तह तथा शिक्षा निकायले विद्यार्थीहरूको अवस्थाबारे विवरण संकलन तथा सम्पर्क गर्ने काम जारी छ ।
सम्पर्कविहीन भनिएका विद्यार्थीलाई बेपत्ता भएको अर्थमा बुझ्न नहुने शिक्षा अधिकारीहरुले जनाएका छन् ।
बाढीपहिरोपछि सञ्चार सम्पर्क अवरुद्ध हुनु, सडक तथा यातायात सेवा प्रभावित हुनु र परिवारका सदस्यहरू विस्थापित हुनुले विद्याथीहरुको अवस्थाबारे तत्काल जानकारी लिन कठिन भएको बताइएको छ ।

कतिपय विद्यार्थीपछि सम्पर्कमा आइसकेका छन् भने केहीको विवरण अझै संकलनको गर्ने क्रम जारी छ ।
बाढीपहिरोका कारण रसुवाका ४ र नुवाकोटका ५ स्थानीय तहका विद्यालय प्रभावित भएका छन् ।

विद्यालय बन्द हुनुको कारण विद्यालय भवनको क्ष्ँति मात्र नभई, कतिपयमा बाढी पीडितलाई बासको रुपमा विद्यालयमा राखिएको छ, अभिभावकको अवस्थाबारे जानकारी नहुनु पनि विद्यार्थी सम्पर्कमा नआएको हुनसक्ने सरकारी अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावकको आवतजावतसमेत प्रभावित भएको विद्यालय प्रशासनले जनाएको छ ।
धादिङमा गरी दर्जनौँ विद्यालय प्रभावित भएको प्रारम्भिक विवरण छ । केही विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने कतिपय विद्यालयमा आंशिक क्षति पुगेको छ ।

Exit mobile version