सबै

अचानक पाटनको कुम्भेश्वरमा ५ सय वर्ष पुरानो पिपलको रुख ढल्दा सामान्य घाइते

काठमाडौं–ललितपुरस्थित पाटन कुम्भेश्वर महादेव मन्दिर परिसरभित्र रहेका एउटा पूरानो पिपलको रुख ढल्दा दुई जना स्थानीय घाइते भएका छन् भने सागैको नारायण मन्दिर र गजुरमा क्षति पुगेको छ ।

दिउसो अचानक परापूर्वकादेखि पुजिदैं आएको ५ सय वर्ष पुरानो पिपलको रुख आइतबार ढलेको त्यहाँका स्थानीयले जनाएका छन् ।

उक्त रुखका जरा मक्किएर जिर्ण भई ढलेको हुनसक्ने स्थानीयको अनुमान छ । पिपलको रुखलाई धार्मिकरुपमा विष्णु भगवानको बास हुने विश्वास गरिन्छ । यहाँ ग्रहशान्तिको लागि धागो बाँध्ने, पूजा गरिंदै आएको थियो । बर र पिपलको रुख लगाई चौतारो बनाउने कार्य भने लिच्छविकालदेखि हुँदै आएको छ ।

Exit mobile version