जनबोली जीवनशैली राजनीति

नेपालको सिमा क्षेत्र रसुवागढीमा नयाँ फहराइयो राष्ट्रिय झण्डा

काठमाडौं– रसुवाको लेन्दे खोलामा आएको विनाशकारी बाढीले रसुवागढी क्षेत्र बगाएपछि उक्त स्थानमा शनिबार नेपालको राष्ट्रिय झण्डा पुनः स्थापना गरी फराइएको छ ।

उक्त झण्डा नेपाल–चीन सीमा क्षेत्रमा फराइएको हो । बाढीले सीमा क्षेत्रका भौतिक संरचनाका साथै सीमा स्तम्भहरूसमेत बगाएको छ । पछिल्लो तीन दिनदेखि निरन्तरको प्रयास र समन्वयपछि सशस्त्र प्रहरी बल, नेपाली सेनाको टोलीले नेपाली सीमा क्षेत्रमा राष्ट्रिय झण्डा फहराउन सफल भएका छन् ।

नदीले कटान गर्ने क्रम जारी रहेकाले सीमा पहिचान गर्न र झण्डा गाड्न सुरक्षाकर्मीहरूलाई निकै कठिनाइ भएको थियो । बाढीका कारण रसुवागढीको भौगोलिक स्वरूपमा समेत परिवर्तन आएको र जमिन भासिने जोखिम कायम छ ।

वि.सं. १९१२ सालमा तिव्वत–चीन र नेपाल बीच लडाईका क्रममा बनाइएको गढी लेन्दे खोलाको बाढीले निमिट्यान्न पारेको छ । बाढीले सीमा स्तम्भहरू बगाएको छ । बाढीले सीमा क्षेत्रको सडक र अन्य संरचनामा समेत क्षति पु¥याएको छ । बाढीले पु¥याएको क्षतिको थप विवरण संकलन गर्न सुरक्षाकर्मीहरु लागिपरेका छन् ।

Exit mobile version