मुख्य समाचार श्रेणीहरू

विपद्को मानवीय क्षति झन् गम्भीर, मृतक १,३५५ जना

काठमाडौं—विपद्बाट भएको मानवीय क्षति थप गम्भीर बन्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ भने ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन्।


विपद्मा ६ हजार ६७२ जना घाइते भएका छन् । उद्धार अभियानका क्रममा हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएको छ भने ३ हजार ६५२ जना होल्डिङ सेन्टरमा रहेका छन् । फेला परेका शवमध्ये ९८ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ ।

उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । यसबीच विपद्बाट भएको प्रारम्भिक क्षतिको अनुमान ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

ठूलो मानवीय क्षतिसँगै हजारौँ घाइते र झण्डै पाँच हजार मानिस सम्पर्कविहीन रहनुले खोज तथा उद्धार अभियान अझै चुनौतीपूर्ण रहेको देखाएको छ। अब बेपत्ताको खोजी, शवको पहिचान, घाइतेको उपचार र विस्थापितको व्यवस्थापनसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सरकारका लागि प्रमुख चुनौती बनेको छ ।

Exit mobile version