काठमाडौं–नेपाली कांग्रेसको १५औं महाधिवेशनको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहिबार हुने भनिएको निर्वाचन प्रविधिक कारणले सारिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ । उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाई भएकाले शुक्रबार निर्वाचन हुने समितिका सदस्य सचिव राजु कटुवालले जनाएका छन् । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता साँझमा मतदान शुरू गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले शुक्रबार बिहानदेखि नै थालिने जनाए । असोज १८ देखि सुरु भएको महाधिवेशन जारी छ ।
निर्वाचनको दिनको खाना र बसाई पार्टीले तिर्ने
कांग्रेस महाधिवेशन एकदिन लम्बिएको छ । मतपत्र छपाईमा ढिलाई भएपछि निर्वाचन शुक्रबारलाई हुने भएको छ । प्रतिनिधिहरुलाई मतदान दिनको खाना र बसाईको आर्थिकपाटो पार्टीले व्यहोर्ने जनाएको छ । आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन १ दिन लम्बिएको महाधिवेशन प्रतिनिधिको शुक्रबारको खाना र होटल बसाई खर्च पार्टीले नै बेहोर्ने जनाए ।
कुन मतदान केन्द्रमा मतदान गर्ने
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरुलाई निम्न मतदान केन्द्र तोकेको छ–
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश प्रतिनिधिहरु
खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेस प्रतिनिधिहरु
हिमाल हल — गण्डकी प्रदेश प्रतिनिधिहरु
तराई–मधेस हल — मधेश प्रदेश प्रतिनिधिहरु
पहाड हल — लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृसंस्थाका प्रतिनिधिहरुले २२९ जनालाई सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्ने छन् ।
परिचयपत्र र मतदाता नामावली रुजु गरिने
मतदान गर्न प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने र रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ ।
मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । मतदानपछि आउने परिणामले पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक नेतृत्व तय गर्नेछ ।
प्रतिक्रिया