July 28, 2026
मुख्य समाचार सबै

६ कम्युनिस्ट पार्टीव्दारा निर्वाचन बहिष्कार आव्हान


काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ६ कम्युनिस्ट पार्टीले बहिष्कारको आव्हान गरेका छन् । शुक्रबार ललितपुरमा बसेको ती कम्युनिस्ट पार्टीको संयुक्त बैठकले उक्त आव्हान गरेको हो ।
बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी यथास्थितिमा निर्वाचन हुननसक्ने बताएका छन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘स्वाधीन, संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी यथास्थितिमा हुने जनविरोधी चुनावको बहिष्कार गर्न आम जनतामा अपिल गर्दछौँ ।’ यसरी निर्वाचन बहिष्कार आव्हान गर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेका छन् ।


उक्त ६ कम्युनिस्ट पार्टीको संयुक्त केन्द्रीय संघर्ष समिति गठन गरी हालको सरकारविरुद्ध संयुक्त संघर्ष गर्ने निर्णय समेत गरेको जनाएको छ ।

प्रतिक्रिया