काठमाडौं– दशैंको घटस्थापना अघि नै नुवाकोट–रसुवा आवतजावत सहज गराउने उद्देश्यका साथ बेत्रावतीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ ।
नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामामाथि बेलिब्रिजको जडान कार्य भईरहेको छ ।
शुक्रबार नेपाली सेनाले पुलको बेसलाई रसुवातर्फको बनाइएको कंक्रिट पर्खालमा टेकाइएको छ । जुन पुलको दुवै भागमा बनाइने कंक्रिट पर्खाल, जसले पुललाई मुख्य सडकसँग जोड्ने कंक्रिटमा टेकाइएको छ । अब गाडी गुड्ने पाता (डेक) बिछ्याउन काम ३ दिन लाग्ने पुल जडान कार्यमा खटिएकाहरुले जनाएका छन् ।
भोटेकोशी त्रिशूलीमा आएको बाढीका कारण बेत्रावती क्षेत्रमा आवागमन प्रभावित भएको थियो । त्यसपछि नुवाकोट र रसुवाबीचको सडक सम्पर्क टुटेको थियो । पुल संचालनमा आएपछि दुवै जिल्लावासीलाई यातायात सुचारु भई आवतजावत गर्न, खाद्यान्न, निर्माण सामाग्री लगायत ढुवानी गर्न सहज हुने छ ।
बाढीले फलाखु खोलामाथिको पक्की दुई पुल बगाउँदा जिल्लावासीले आवतजावतमा कठिनाइ भोग्नु परेको छ ।
प्रतिक्रिया