मुख्य समाचार सबै

लेबनानमाथि इजरायलको आक्रमणले रोकियो हर्मुज, असर नेपालमा

लेवनानस्थित बेरुतमा इजरायलले आक्रमण गरेपछिको दृश्य ।

काठमाडौं—लेबनानमा इजरायलले ठूलो आक्रमण गरेको छ । इजरायलले लेबनानको राजधानी बेरुतसहितका क्षेत्रमा आक्रमण गर्दा २ सय ५४ जना भन्दा बढीको ज्यान गएको छ । त्यसैगरी ११ सयभन्दा धेरै घाइते भएका छन् । मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । इरानको इस्लामिक रिभोलुशनरी गार्डस् कोप्र्सले यो आक्रमणको घोर निन्दा गर्दै इजरायलले पछुताउनुपर्ने चेतावनी दिइएको छ ।


उक्त भयानक आक्रमण गरेपछि इरानले हर्मुज नाकाबाट आवतजावत गर्ने जहाजलाई बाहिनबाट रोग लगाएको छ । हर्मुज खोल्न र १४ दिन इरान र अमेरिका दुबैले यस युद्धविरामलाई जीतका रुपमा लिएका थिए ।


यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानकोे विषय युद्धविराममा समावेश नरहेको दाबी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको दाबीलाई समर्थन गरेका थिए । लेबनानमा हिजबुल्लाहसँग युद्धविराम नभएको जनाए ।

पाकिस्तानी प्रधानमन्त्री शहवाज सरिफले इरानसहित पश्चिम एशियाका सबै क्षेत्रमा युद्धविराम हुने बताए । इजरायलले आक्रमण सुरु गरेपछि फेरि दक्षिण एशियामा युद्ध भड्किने जोखिम छ ।
अब पुनः अमेरिका–इजरायल र इरान बीच युद्ध चर्कने र त्यसले दक्षिण एसियाली देशहरु सहित नेपाललाई प्रभावित हुने भएको छ ।

युद्ध विराम गर्न शुक्रबार अमेरिकी र इरानी अधिकारीहरु पाकिस्तानको इस्लामवाद गएरहेका छन् । यहाँ इन्धन र अन्य सामाग्री मंहगो भएको छ ।

Exit mobile version