काठमाडौं– स्थानीय र पश्चिमी न्यून चापीय प्रणालीका कारण देशव्यापी उच्चहिमाली क्षेत्रमा हिउँ र वर्षा भएको छ ।
बुधबार बिहानैदेखि धम्मिएर दिउँसभरि वर्षा भएको हो । गर्मीको अनुभव गर्न लागि सके स्थानीयलाई वर्षाले चिसो बढाएको छ । वर्षाका कारण स्थानीयलाई घरबाहिर निस्कन समस्या भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा तथा हिमपात अझै भइरहेको छ ।
बुधबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने बताइएको छ ।
अझै कोशी र बागमती प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्र, मधेश प्रदेशका तराईका क्षेत्रमा मेघगर्जन सहित वर्षा हुने, चट्याङ, हुरी र असिनासहित वर्षा भएको थियो । महाशाखाका अनुसार बुधबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको छ ।
