July 29, 2026
धर्म, संस्कृति, साहित्य मुख्य समाचार सबै

भोटो देखाएसँगै सकियो रातो मच्छिन्द्रनाथको रथजात्रा

काठमाडौं–वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो जात्रामा सम्पन्न भएको छ ।


मच्छिन्द्रनाथको रथ जावलाखेल पु¥याइएको ४ औं दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायतका उच्चपदस्थ व्यक्तिहरु उपस्थित थिए ।
मणिमणिक्य जडित भोटो गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए । भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड थियो ।

त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गरेका थिए ।
उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा भोटो देखाएसँगै समापन भएको छ ।

मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर खटमा राखेर बाजागाजासहित बुङमति लगिएको छ ।

बहुमूल्य रत्न जडित भोटो नागले भक्तपुरका ज्यापु वैद्यलाई दिएको र उक्त भोटो सौच गर्दा फूकाल्नु पर्ने नियमका कारण उक्त ज्यापुले भोटो फुकालेर खेतको आलीमा राखेर सौच गर्दा एउटा भूत आएर भोटो चोरेको थियो । सोही भोटो लगाएर भूत भागेर शनिबार भएको जावलाखेलस्थित रातो मछिन्द्रनाथको जात्रामा उक्त रत्नजडित भोटो लगाएको भूत बैद्यले सोही जात्रामा देखेपछि भोटो मागे । तर भूतले भोटो दिन मानेन । त्यसपछि भोटोको विषयमा भूत र वैद्य बीच ठूलो झगडा पर्यो । उक्त भोटो सम्बन्धी विवाद मिलाउन नसकेपछि राजासम्म पुग्यो । राजाले प्रमाण सहित अर्को वर्ष यही ठाउँमा प्रमाण सहित दावी पेस गर्न आउनु भनेकाले दुवै जनाले प्रमाण लिएर नआएपछि यही भोटो कस्को हो भनेर देखाइदै आएको छ । वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन अहिलेसम्म रहिआएको छ ।

प्रतिक्रिया