नुवाकोट–सूर्यगढी गाउँपालिकाको १९औँ गाउँअधिवेशन सम्पन्न भएको छ । सूर्यगढीगाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ४३ करोड ७ लाख २० हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गर्दै सर्वसम्मत रूपमा पारित गरेको छ ।
पालिकाको सभा हलमा भएको अधिवेशनमा गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अधिवेसनमा नीति तथा कार्यक्रमका आधारमा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बुढाथोकी (ढकाल) ले उक्त बजेट पेस गरेकी थिइन् ।
“स्वस्थ, शिक्षित, समृद्ध, पर्यटकीय सूर्यगढी” को दीर्घकालीन सोचलाई साकार पार्ने लक्ष्यसहित सहित तयार गरिएको नीति तथा कार्यक्रम तथा बजेटमाथि गाउँसभा सदस्यहरूबीच छलफल भई गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँसभाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगार प्रवद्र्धन तथा प्रभावकारी सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया