काठमाडौं– गत शुक्रबारदेखि आइतबारसम्म परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परेर बागलुङमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
आइतबार आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका–४ का सन्तरका स्थानीय ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको सुरक्षा निकायले जनाएका छन् ।
पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिका ५, तमानखोला गाउँपालिकामा ५ र ताराखोला गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तमानखोला गाउँपालिकाका बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली र उडिसरा श्रीपालीको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रतिक्रिया