October 28, 2026
सबै समाचार

दोधाराचाँदनी जोड्ने झोलुंगे पुल बीच भागमा चुँडियो

काठमाडौं–कञ्चनपुरको दोधाराचाँदनी झोलुंगे पुल बिच भागबाट चुडिएपछि आवतजावत बन्द भएको छ । नदीको बिच भागबाट पुल चुडिए हो ।


कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१३ पिपरैयादेखि दोधाराचाादनी–४ दोधारा जोड्ने झोलुंगे पुलको बिच भागबाट चुडिएर नदीमा लत्रिएको छ । महाकाली नदीमा पिलर धसिएपछि पुल चुडिएको स्थानीयले जनाएका छन् । बेलामा पुल मर्मत नगर्दा पुल बिच भागबाट चुडिएको हुनसक्ने स्थानीयको दावी छ ।

पुल २०५८ सालमा निर्माण भएको हो । एसियाकै दोस्रो लामो पुल १ किमी भन्दा बढी लामो छ ।

महाकाली नदीपारीको नेपाल भनेर चिनिने दोधाराचाँदनीलाई सदरमुकाम महेन्द्रनगरदेखि देशकै भूगोलसँग प्रत्यक्ष जोड्छ । स्थानीय प्रशासनले पुल छिटै मर्मत थालिने जनाएको छ ।
नदीको बिच भागबाट पुल चुडिएपछि आवतजावत समेत ठप्प भएको छ । उक्त पुलदेखि उत्तर तर्फ महाकालीमा चारलेनको पुल भएकाले स्थानीयलाई आवतजावत त्यति समस्या नभएको बताइएको छ ।

प्रतिक्रिया