काठमाडांै – यो वर्षको मनसुन नेपाल प्रवेश गरिसकेको छ ।
यो वर्ष मनसुनी प्रणाली ६ दिन ढिलो गरी प्रवेश गरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार सन् १९ जुन, २०२६ मनसुन कोशी प्रदेशको पूर्वी भू–भागबाट नेपाल भित्रिएको बताइएको छ । नेपालमा सरदर इस्वी सन् जुन १३ तारिख भए तापनि यस वर्ष भने सरदर मितिभन्दा ६ दिन ढिलो गरी मनसुन भित्रिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल यो मनसुनी प्रणाली कमजोर अवस्था रहेकाले घनीभूत वर्ष हुन सकिरहेको छैन । अझै नेपालभरि वर्षा हुन केही दिन लाग्ने देखिएको छ ।
प्रतिक्रिया