काठमाडौं– यातायात विभागबाट आवश्यक डाटा समयमै नआउँदा सुरक्षित मुद्रण केन्द्रमा स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइमा ढिलाइ भइरहेको छ ।
विभागको सफ्टवेयर प्रणाली पूर्णरूपमा सञ्चालनमा नआएकाले डाटा प्रक्रिया सुस्त भएको छ।
प्राविधिक समस्या समाधान भए ६ महिनाभित्र १२ लाख लाइसेन्स छपाइ गर्ने लक्ष्य लिइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइको यही कातिक २१ गते अपौचारिक उद्घाटन गरेका थिए । दिनको ५ सय लाइसेन्स छाप्ने भनिए पनि उक्त संख्यामा काम भएको छैन । ‘सुरुवातमा दैनिक ५ सय लाइसेन्स छपाइ गर्ने योजना रहेमा विभागले जनाएको छ ।
केन्द्रले हालसम्म करिब ७ हजार लाइसेन्सका लागि ‘डाटा’ प्राप्त भएकामा करिब ६ हजार लाइसेन्स छापेर वितरण गरिएको उनले जनाए ।
