July 28, 2026
अर्थ तथा कृषि सबै

डाटा उपलब्ध नहुँदा ‘लाइसेन्स’ छपाइ सुस्त

तस्बिर मुद्रण विभाग

काठमाडौं– यातायात विभागबाट आवश्यक डाटा समयमै नआउँदा सुरक्षित मुद्रण केन्द्रमा स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइमा ढिलाइ भइरहेको छ ।

विभागको सफ्टवेयर प्रणाली पूर्णरूपमा सञ्चालनमा नआएकाले डाटा प्रक्रिया सुस्त भएको छ।
प्राविधिक समस्या समाधान भए ६ महिनाभित्र १२ लाख लाइसेन्स छपाइ गर्ने लक्ष्य लिइएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइको यही कातिक २१ गते अपौचारिक उद्घाटन गरेका थिए । दिनको ५ सय लाइसेन्स छाप्ने भनिए पनि उक्त संख्यामा काम भएको छैन । ‘सुरुवातमा दैनिक ५ सय लाइसेन्स छपाइ गर्ने योजना रहेमा विभागले जनाएको छ ।
केन्द्रले हालसम्म करिब ७ हजार लाइसेन्सका लागि ‘डाटा’ प्राप्त भएकामा करिब ६ हजार लाइसेन्स छापेर वितरण गरिएको उनले जनाए ।

प्रतिक्रिया