सबै समाचार

चित्तवनको सौराहामा हात्ती महोत्सव, हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली पहिलो

फोटोः नेपाल फोटो लाइब्रेरी

काठमाडौं– चितवनको पर्यटकीय क्षेत्र सौराहामा १९औं हात्ती महोत्सवमा भैरहेको छ ।

उक्त महोत्सव ८० वटा हात्ती सहभागी भएकोमा हात्तीको ब्यूटी पेजेन्टमा ४० वर्षकी पुनम कली प्रथम भएकी छन् । यसैगरी २० वर्षकी सेल्फी कली द्वितीय, ३५ वर्षकी चम्पा कली तृतीय भएकी छन् । प्रतियोगितामा ४० वर्षकी पूजा कली र २६ वर्षकी समृद्धि कली सहभागी भएका थिए ।

क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह–आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा महोत्सव सुरु भएको हो ।
महोत्वसमा हात्ती मैत्री प्रतियोगिता, डुंगा दौड र स्वास्थ्य शिविर लगायतका कार्यक्रम समावेश छन् । महोत्सव शुक्रबारबाट सुरु भएको हो ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको महोत्सवमा हात्ती मैत्री प्रतियोगिताहरू, पालिकास्तरीय डुंगा दौड प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी दिन महोत्सव आयोजना गर्दै आएको आयोजकले जनाएका छन् ।


सौराहामा २०५५ सालबाट विदेशी पर्यटकको बसाई लम्ब्याउनका लागि हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ ।

Exit mobile version