काठमाडौं–चितवन हात्ती तथा पर्यटन महोत्सव, हात्तीलाई १५ परिकारको वनभोज खुवाएर महोत्सव समापन गरिएको छ ।
१९ औं चितवन हात्ती तथा पर्यटन महोत्सवमा हात्तीलाई पूजा गरी १५ परिकारको वनभोज खुवाएर महोत्सव आइतबार समापन गरिएको हो ।
महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, हात्ती फुटबल लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।
सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा होटल संघ नेपाल आयोजक, रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेका थिए ।
महोत्सवमा सरकारी तथा निजी क्षेत्रका गरी ८० वटा हात्ती सहभागी थिए ।
तस्बिर ःप्रकाशचन्द्र तिमिल्सेना
