काठमाडौं –दसैँ नजिकिएसँगै हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्राका बजारतर्फ झर्न थालेका छन् ।
उच्च हिमाली क्षेत्रमा हुर्काइएका भेडा च्याङ्ग्राका डोल्पा तथा मुस्ताङबाट तलझारेर पोखरा तथा देशका विभिन्न बजारमा बिक्रीका लागि ल्याउन थालिएको छ ।
मुस्ताङबाट च्याङ्ग्रा पोखरा आइपुग्न थालेका छन् । पोखरा–२५ हेमजामा भेडाच्याङग्राको बिक्रीसमेत सुरु भइसकेको छ । व्यापारीका अनुसार यस वर्ष एउटा च्याङग्राको मूल्य करिब ४० हजारदेखि ५० हजार रुपैयाँसम्म पर्ने बताएपनि भेडाको संख्या कम र मुल्यका बारेमा भने बताएका छैनन् । उपल्लो मुस्ताङबाट व्यापारीले भेडाच्याङग्रा ल्याएर पोखरामा बिक्री सुरु गरेका छन् ।
हरेक वर्ष दसैँका लागि मुस्ताङसँगै डोल्पा, हुम्ला, जुम्ला, बझाङ र बाजुरालगायत उच्च हिमाली जिल्लाबाट भेडाच्याङग्रा देशका विभिन्न बजारमा पुर्याउने गरिन्छ ।
विगतमा कतिपय भेडाच्याङग्रालाई ४–५ दिनसम्म पैदल हिँडाएर बजार झार्ने गरिए पनि यो वर्ष भेडाच्याङग्रा ट्रकमार्फत ढुवानी गर्न थालिएको छ ।
उपल्लो डोल्पामा भने यस वर्ष परम्परागत ‘छोङ्ग्रा मेला’ सञ्चालन हुन नसक्दा च्याङग्राको व्यापारमा असर परेको स्थानीय व्यापारीले जनाएका छन् ।
यता दसैँलाई लक्षित गर्दै चीनबाट मुस्ताङको कोरला नाका हुँदै भेडाच्याङग्रा नेपाल भित्रिन थालेका छन् ।
हिमाली क्षेत्रमा हुर्काइएका भेडाच्याङग्रा दसैंमा नेपाली उपभोक्ताको रोजाइमा पर्ने गर्छन् । दसैँ नजिकिँदै जाँदा पोखरालगायतका बजारमा भेडाच्याङग्राका बथान देखिन थालेका छन् ।

दशैं र तिहारको समयमा हिमाली भेगबाट ल्याइने भेडाच्याङग्रा १५ हजारदेखि २५ हजारसम्म नेपाली बजारमा बिक्री हुने बताइएको छ ।
तस्बिरः सामाजिक संजाल
प्रतिक्रिया