October 28, 2026
मुख्य समाचार राजनीति सबै

७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहित कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशन आइतबार काठमाडौंको टुडिखेलस्थित खुलामञ्चमा सुरु हुँदैछ ।कांग्रेसका प्रतिनिधिहरु संघीय राजधानी काठमाडौं आउने क्रम जारी छ ।


देशभर तथा प्रवासबाट आएका ७ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने यो महाधिवेशन ५ दिने चल्ने छ । यसले पार्टीको नयाँ वैचारिक दिशा निर्धारण सहित नयाँ कार्यसमिति चयन गर्नेछ ।

खुलामञ्चमा आइतबार दिउँसो २ बजे कांग्रेसको १५ औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने बताइएको छ ।
प्रतिनिधिहरूको आवास व्यवस्थापन काठमाडौंका विभिन्न होटलहरूमा र महाधिवेशन प्रतिनिधिका लागि खानाको प्रवन्ध भृकुटीमण्डपमा मिलाइएको भोजन व्यवस्थापन मिलाइएको छ । राजनीतिक दलका शिर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ ।


त्यसैगरी इण्डिया, चीन र अमेरिकासहित विभिन्न मुलुकका पार्टी प्रतिनिधि तथा कुटनीतिज्ञहरूलाई निम्त्याइएको बताइएको छ ।

महाधिवेशनको तालिका अनुसार बन्दसत्र असोज १९ र २० गते सञ्चालन हुनेछ । बन्दसत्रमा सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्ने बताइएको छ ।
नेकाको उपसभापति, महामन्त्री तथा कोषाध्यक्षले आ–आफ्नो प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । बन्दसत्र खुलामञ्चमै तीनवटा छुट्टाछुट्टै डोम–हलमा हुने छ ।

पत्रकारका लागि मिडिया सेन्टर र आकस्मिक स्वास्थ्य उपचारका लागि हेल्थ डेस्कको व्यवस्था गरिएको छ ।
नयाँ नेतृत्व चयनका लागि असोज १९ गते सोमबार उम्मेदवारी दर्ता तथा मनोनयन तालिका तय गरिएको छ ।

मतदान प्रक्रिया असोज २१ र २२ गतेलाई तोकिएको छ । मतदान कार्यलाई सहज बनाउन खुलामञ्च, राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठान गरी तीनस्थानमा मतदान केन्द्र तोकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जनाएका छन् ।

१७ वटा नयाँ अभ्यास कांग्रेस महाधिवेशनमा
नेकाको १५औँ महाधिवेशनमा नेतृत्व र प्रतिनिधित्वदेखि छलफल तथा प्रचारशैलीसम्म नयाँ अभ्यास र फरकपन दिइने बताइएको छ । विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार यो पटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व बढाइएको भएको छ ।
नयाँ अभ्यासमा ः
– ३५ वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्व
– केन्द्रीय कार्यसमितिमा २१ युवा सदस्य
– कार्यसमितिमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व
– सहमहामन्त्रीको संख्या ११ पु¥याइयो
– विज्ञ तथा पेसाकर्मीका लागि ‘ल्याटरल इन्ट्री’को व्यवस्था
– विदेशस्थित जनसम्पर्क समितिबाट ६ जना केन्द्रीय सदस्य
– अपांगता भएका, अल्पसंख्यक, पिछडिएको क्षेत्र, श्रमिक तथा द्वन्द्वपीडितको प्रतिनिधित्व
– २३२ सदस्यीय केन्द्रीय कार्यसमिति
– प्यानल नबनाउने अभ्यास
– प्रदेशगत समूहमा बन्दसत्र
– हिमाल, पहाड र तराई–मधेश गरी तीन संरचनामा छलफल
– राजनीतिक तथा सांगठनिक दस्तावेज डिजिटल रूपमा उपलब्ध
– प्रतिनिधिका सुझाव तथा बहसको अभिलेख राखिने
– विद्युतीय मतदानको सट्टा परम्परागत मतदान
– प्रचारमा डिजिटल, भड्किलो प्रचारमा रोक
– उद्घाटन र बन्दसत्र एउटै स्थानमा
– विपद्का कारण खर्चिलो र भड्किलो शैलीमा नियन्त्रण,लगायतका नयाँ प्रयोग विधि गरिने नेकाले जनाएको छ ।

प्रतिक्रिया