काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।
परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प भन्ने नारासहित महाधिवेशनमा टुडिखेलस्थित खुल्लामंचमा सुरु भएको हो ।

पार्टीका सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गरेका थिए । उनले गमलाको बिरुवामा पानी हालेर उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा सभापति थापा, रास्वपाका सभापति रबि लामिछाने, नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेका महासचिव शंकर पोखरेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत नेता सहभागिता जनाउँदै आआफ्नो धारणा राखेका थिए ।
महाधिवेशनमा कांग्रेसका नेता, कार्यकर्ता देश, विदेशबाट सहभागी छन् । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रम भने सोमबार र मंगलबार हुनेछ । निर्वाचन कार्यक्रमका लागि असोज २१ र असोज २२ गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
नेका सभापति थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले कांग्रेसले पछिल्ला दुई दशकमा सत्ता र गुटबन्दीलाई प्राथमिकता दिँदा पार्टीको नैतिक धरातल कमजोर बनेको उल्लेख छ ।
नेका सभापति थापा नेतृत्वको प्रतिवेदनमा आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने र निजी क्षेत्रसँग सहकार्य गर्ने प्रस्तावमा उल्लेख छ ।
प्रतिवेदनले पार्टीलाई निर्वाचन केन्द्रित संगठनबाट नागरिकसँग निरन्तर जोडिनुपर्ने राजनीतिक संस्थाका रूपमा पुनर्संरचना गर्नु पर्ने सभापति थापाको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया