काठमाडौं –एकसाता भन्दा बढी चल्ने इन्द्रजात्रा सकिएको छ ।
काठमाडौंको हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि लिंगो(यःसिं) ठड्याएर सुरु भएको इन्द्रजात्राका क्रममा श्वेत भैरवको मुखबाट प्रसाद (जाँड) र समयबजी वितरण गरि मंगलबार सकिएको हो । इन्द्रजात्राको छैटौं दिन महिलाहरूका लागि विशेष मानिने गरिन्छ । जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरूप जाँड र समयबजी खुवाइने प्रचलन रहेको छ ।

केही वर्षयता महिलाहरूले एकदिन प्रसादको रूपमा जाँड र समय बजी खाने तथा जीवित देवी भनिने कुमारीको रथ तान्ने काम गर्दै आएका छन् । श्वेत भैरवको मुखबाट निस्कने जाँड खाँदा विभिन्न रोगहरू निको हुने जनविश्वास छ ।
प्रतिक्रिया