October 28, 2026
मुख्य समाचार राजनीति

७ हजार प्रतिनिधि सहित १५औं महाधिवेशन कांग्रेसको खुल्ला मंचमा

काठमाडौ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामंचमा हुने भएको छ ।

उक्त महाधिवेसन शुक्रबार १६ असोजदेखि हुने भनिएकोमा आइतबार १८ गते उद्धघाटन गरिने भएको छ । १५औँ महाधिवेशनको लागि ७ हजार प्रतिनिधि काठमाडौं आउने बताइएको छ । महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता शुक्रबार १६ असोजदेखि सुरु हुनेछ । असोज १९ र २० गते बन्दसत्र, २१ र २२ गते निर्वाचन गर्ने गरी महाधिवेशनको कार्यतालिका अघि बढाइएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमै गर्ने तयारी छ । खुलामञ्चमा ३ वटा बक्स बनाइने र एउटा बक्समा ३ हजार प्रतिनिधि अट्ने गरी संरचना तयार गरिने बताइएको छ ।
कांग्रेसले असोज १९ र २० गते हुने बन्दसत्रमा ७ प्रदेशका छुट्टाछुट्टै समूह बनाएर विभिन्न प्रस्ताव तथा दस्तावेजमाथि छलफल हुने छ । बन्दसत्रमा राजनीतिक, सांगठनिक, समसामयिक तथा नीतिगत विषयका प्रस्तावमाथि छलफल हुनेछ ।

असोज २१ र २२ गतेको बन्दसत्रमा निर्वाचन गर्ने कार्यक्रम छ । त्यसका लागि पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारको उम्मेदवारी दर्ता, मतदान र मतगणनासहित निर्वाचन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ ।

प्रतिक्रिया