September 13, 2026
मुख्य समाचार सबै

सुदुरपश्चिम डडेल्धुराका एकदर्जन परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

काठमाडौं– सुदुरपश्चिम प्रदेश डडेल्धुरा जिल्लाका एकदर्जन परिवारले ३८ वर्षपछि आफ्नो नामा जग्गाधनीपुर्जा पाएका छन् ।


हालै सुकुम्बासी समस्या समाधान आयोगले डडेल्धुराको परशुराम नगरपालिका–१२ का एकदर्जन परिवारले लालपुर्जा प्राप्त गरेका हुन् ।
डडेल्धुरा साविक जोगबुढा गाविस वडा नम्बर १ मा २०४५ सालमा सुकुम्बासी समस्या समाधान आयोगले ती परिवार नाममा जग्गाको नापनक्सा गरेको थियो । पछि लालपुर्जा लिने प्रक्रिया अघि नबढ्दा जग्गाधनी पुर्जा पाएनन् ।

२०५५ साल पुस २६ गते पुनः सुकुम्बासी समस्या समाधान आयोगले उनीहरुको नाममा प्रक्रिया अघि बढाए । तर आयोगबाट पनि कुनै कार्य भएन ।
हालको समितिको कार्यविधि तथा प्रचलित नियमअनुसार पुनः कार्य थालियो ।


नियमानुसार राजस्व संकलन गरी विगतमा आयोगबाट नापनक्सा भइसकेका जग्गाको प्रक्रिया थालियो । अनि अहिले सबै प्रक्रिया भएपछि १२ धुरीले जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएपछि लालपुर्जा पाए । लालपुर्जा पाउन ती घरधुरीले ३८ वर्ष कुरेपछि प्रमाणपुर्जा पाए ।

प्रतिक्रिया