मुख्य समाचार सबै

९ हजारको ज्यान गएको २०७२ को त्यो महाभूकम्प, जोखिम कायमै नेपाल

तस्बिरः रसुवामा २०७२ साल बैशाख १२ गते आएको भुकम्पबाट क्षति पुगेको एक घर ।

काठमाडौं– महाभुकम्प गएको ११ वर्ष बितेपनि अझै भुकम्पीय जोखिम बढी छ ।

२०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेट जाँदा ७ दशमलव ८ र फेरी २९ बैशाखमा दिउसो ७ दशमलव ३ म्याग्नेच्युटको भुकम्प गएको थियो । महाभुकम्प जाँदा करिब ९ हजारले ज्यान गुमाए ।

२२ हजारभन्दा बढी घाइते भए । सयौ घर, पुरातात्विक सम्पदा र संरचनाहरु ध्वस्त भए । भुकम्पले १४ जिल्ला बढी प्रभावित भए । भुकम्पको केन्द्र विन्दु गोरखा जिल्लाको बारपाक रहेको थियो ।

भूगर्भविद्हरूका अनुसार नेपाल अझै पनि भुकम्पीय जोखिमा पर्दछ । भारतीय र युरेशियन प्लेट एकआपसमा ठोक्किनाले भूकम्पीय जोखिम रहिरहने देखिएको छ । भुकम्प सम्बन्धी अध्ययन गरिरहेका

विज्ञहरू भन्छन्, भविष्यमा फेरि ठूलो भूकम्प आउन सक्ने सम्भावना रहेको तर यसको समय र स्थान ठ्याक्कै पूर्वानुमान गर्न सम्भव छैन । त्यसैले पूर्वतयारी, सुरक्षित संरचना निर्माण र जनचेतना नै जोखिम न्यूनीकरणको मुख्य उपाय रहेको विज्ञहरुले जनाए ।

२०७२ को भूकम्प केवल विगतको घटना मात्र होइन, यसले भविष्यका लागि सजग रहनुपर्ने स्पष्ट सन्देश उक्त भुकम्पले दिएको छ ।

Exit mobile version