काठमाडौं– काठमाडौं हनुमानढोकास्थित वसन्तपुर दरबार क्षेत्रमा कुमारीहरूको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लागि बुधबार लिङ्गो ठड्याएपछि काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा कुमारीहरूको सामूहिक पूजा गरिएको छ ।
तलेजु भवानी मन्दिरअगाडि रजस्वाला नभएका बालबालिकालाई वैदिक परम्पराअनुसार पूजा गर्ने चलन छ ।

नेवार समुदायमा बेल विवाह (ईही) नगरेका २ देखि ८ वर्षसम्मका बालिकालाई कुमारीका रूपमा पुज्ने र मन्दिर परिक्रमा गराउने परम्परा छ ।
कुमारीहरूको पूजा गर्नाले सुख शान्ति र समृद्धि प्राप्त हुने, दुःख नष्ट हुने, रोगबाट मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।
नेवार समुदायमा बेल विवाह नगरेका २ वर्षदेखि ८ वर्षसम्मका बालिकाहरूलाई कुमारीको रुपमा पुज्ने चलन रहेको छ । पूजा गरेपछि कुमारीहरूलाई तलेजु भवानीको मन्दिर परिक्रमा गराइ मूलस्थानमा पूजा गर्ने चलन छ ।
प्रतिक्रिया