काठमाडौँ– धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
गएराति ढुंगासहितको पहिरो खसेकापछि शुक्रबार राजमार्ग अवरुद्ध भएको हो । वर्षासँगैको बाढीपहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द गरिएको थियो भने शुक्रबार बिहान ५ बजेदेखि राजमार्गमा गाडी संचालन गर्ने स्थानीय प्रशासनको तयारी थियो । पहिरो खसेपछि गाडी चलेका छैनन् ।
पहिरो पन्छाउने गएको उपकारण निरन्तर वर्षाका कारण समस्या भएपछि फर्काइएको छ ।
प्रतिक्रिया