काठमाडौं–अड्डाअदालतमा भएको बहसपैरवीको गतिविधिलाई पहिलो पटक सामाजिक संजालबाट सार्वजनिक गरिएको छ ।
बहसपैरवीको सामाजिक संजालमा प्रसारण गर्ने अभ्यासको सुरुवात भएको हो । सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ परेका एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराउँदा अदालत परिसरभित्रै प्रसारण भइरहेको सुनुवाइलाई प्रत्यक्ष देखिाइएको थियो ।
यसअघि अदालतका इजलासहरूमा हुने बहसपैरवीलाई अदालत परिसरभित्रै मोनिटर र स्पिकर राखेर प्रसारण गर्ने गरिन्थ्यो । अदालत प्रशासनले त्यसलाई केही समय खिच्न दिएपनि प्रत्यक्ष प्रसारण गर्न भने दिएको थिएन ।
मंगलबार विशेष अदालतको इजलास–२ मा भएको बहसपैरवीको विभिन्न सञ्चारमाध्यमहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
इजलासको अनुमति लिएर प्रत्यक्ष प्रशारणको अनुमति दिएको अदालतले जनाएको छ । आगामी दिनका सुनुवाईहरूमा पनि इजलासको अनुमति लिएर प्रत्यक्ष प्रसारण गर्न सकिने बताइएको छ ।
सर्वोच्च अदालतले सार्वजनिक महत्व र महत्पूण बहसपैरवीलाई अदालत परिसरभित्रै प्रत्यक्ष प्रसारण गर्दै आइरहेको छ । संवैधानिक पदाधिकारीहरूको नियुक्तिको विवाद प्रतिनिधिसभा विघटन लगायतका मुद्दामा अदालत परिसरभित्रै प्रशारण हुने गरेको थियो । तर अदालत प्रशासनले परिसरभित्र मोनिटरमा देखाइने दृश्य र आवाजलाई प्रत्यक्ष प्रशारण गर्न दिने गरेको थिएन । मंगलबार भने पौडेललाई पक्राउ अनुमतिका लागि पेश गर्दाको सुनुवाईको प्रत्यक्ष प्रसारण गरेको थियो ।
प्रधानन्यायाधीश डा.मनोज शर्माले गतमहिना संसदिय सुनुवाईका क्रममा अदालतभित्र हुने बहसपैरवीलाई प्रत्यक्ष प्रशारणमार्फत आम जनमानसमा पु¥याउने प्रतिबद्धता जनाएका थिए ।
