काठमाडौं–सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा करोडौ वर्षअघि समुन्द्रमुनि रहेका जीवाश्माहरु ढुंगामा फेला परेका छन् ।
समुद्रसतहबाट लगभग ८ हजार ८४८ मिटर उचाईमा रहेको सगरमाथामा समुद्री चुनढुङ्गाका तहहरू र यसको शिखर नजिकै जीवाश्मा बनेका समुद्री जीवनहरु छन् । यी चट्टानहरु करोडौं वर्ष पहिले प्राचीन टेथिस सागरको भुइँमा उत्पत्ति भएका थिए । जसले चट्टान पानीमुनि बनेको प्रमाण दिन्छ ।
समुद्री निक्षेपहरू तिव्वतीयन प्लेट र टेक्टोनिक्स इन्डियन प्लेट एकआपसमा ठक्कर भई माथि उठाइएका थिए । जुन युरेशियन प्लेटसँग ठोक्किएको थियो । यो टक्करले हिमालय सिर्जना ग¥यो । जुन आजसम्म पनि निरन्तर बढिरहेको छ । यही क्रमले यस क्ष्ँेत्रमा बारम्बार भूकम्पहरु जाने गर्दछ ।
पर्वतारोहीहरुले सगरमाथाको टुप्पोमा ४५० मिलियन वर्ष पुरानो समुद्री शंख फेला पारेका छन् । जसले सर्वोच्चशिखर कुनै समय समुद्रको मुनि रहेको प्रमाणित गर्दछ ।
