मुख्य समाचार सबै

सरकारले जनमत संग्रहबारे आइतबारसम्मको समय माग

काठमाडौं–नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले जनमत संग्रहबारे निर्णय लिन सरकारले आगामी आइतबारसम्मको समय दिएका छन् ।

बिहीबार सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आइतबारसम्मको समय मागिएको बताइएको छ ।
सरकारले आगामी आइतबारसम्म पनि आफ्ना माग र जनमत संग्रहबारे निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


सरकारले एउटा पक्षलाई मात्रै बोकेर हिँडिरहेको भन्दै यसको परिणाम राम्रो नआउने बताए । प्रसाईंले गम्भीर तरिकाले कुरा राखेको बताउदै आइतबारसम्मको समय मागिएको बताए । नेपाल सबैको साझा भएको बताउ“दै सरकार जेनजीका माग त्यत्तिकै राखेर चुनावमा जान नहुने प्रसाईले जनाए ।
संयोजक प्रसाईंले जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताउदै आएका छन् ।

Exit mobile version