काठमाडौं– इण्डियामा सरकार विरुद्ध आन्दोलन चलिरहेको कक्रोज जनता पाटीको विरोधपछि त्यहाँका शिक्षामन्त्रीले राजिनामा दिएका छन् । इ
ण्डियाका प्रम नरेन्द्र मोदी सरकारमा रहेका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका हुन् ।
उनीविरुद्ध एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शन गरिरहेको छ ।
निट पेपर लिक मामिलामा इण्डियाका विभिन्न राज्यहरुमा शिक्षामन्त्री प्रधान विरुद्ध सिजेपीले गरिरहेको विरोध प्रर्दशन चलिरहेको थियो । त्यहााका शिक्षा मन्त्री प्रधानले सामाजिक सञ्जाल एक्समा लेख्दै राजीनामा दिएको कुरा बाहिर आएको छ । नयाँ दिल्लीको जन्तर–मन्तरसहित इण्डियाभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, एकता कायम रहन, इण्डियाका कुनै पनि विद्यार्थीको भविष्य कानूनी जटिलतामा नफसोस्, आफ्नो मन समय अध्ययनमा लगाऊन् र व्यक्तित्व विकासको निर्माणमा केन्द्रित होऊन् भन्ने विषयलाई ध्यानमा राखेर आफूले प्रधानमन्त्रीज्यूलाई राजिनामा पठाएको बताए ।
यसअघि कांग्रेससहितका विपक्षी दलहरूले पनि शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै आन्दोलनरत् पक्षलाई प्रोत्साहित गराइएको बताउआएका थिए ।
