सबै समाचार

नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरु भाग २ पुस्तक सार्वजनिक

काठमाडौं–४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरु भाग २ सार्वजनिक गरिएको छ । वीपी विचार राष्ट्रिय समाजद्धारा प्रकाशित उक्त पुस्तक समाजका संरक्षक तथा कांग्रेस नेता कुलबहादुर(केबी) गुरुङले बुधबार आयोजित कार्यक्रममा विमोचन गरेका हुन् ।

पुस्तकमा प्रजातान्त्रिक आन्दोलनमा होमिएका छजना शहीदका बारेमा लेखिएको छ । त्यसमा शहीद कप्तान यज्ञबहादुर थापाको बारेमा डा.विजयप्रसाद मिश्र, अमर शहीद भीमनारायण श्रेष्ठको प्राडा.गोविन्दमानसिंह कार्की, शहीद इमानसिंह गुरुङको डा.ईश्वरीराज लौडारी, प्रजातान्त्रिक आन्दोलनकका आलोक शहीद यादवनाथ आलोकको समाजका सदस्य लोकेश ढकाल, सन्दर्भःगुल्मीका प्रथम शहीद शम्शेरबहादुर खत्रीको चिरञ्जीवी भण्डारी र अमर शहीदः शूरवीर मोतीको भट्टराई बन्धुले लेखेका छन् ।
विमोचित पुस्तकको भूमिका र सम्पादन डा.वासुदेव खनालले गरेका छन् । पुस्तक विमोचन कार्यक्रममा समाजका महासचिव रामबहादुर गुरुङ, उपमहासचिव हरिदर्शन श्रेष्ठ, सम्पादक खनालले पुस्तकका बारेमा आफ्नो धारणा राखेका थिए ।
पुस्तक विमोचन कार्यक्रममा कांग्रेस नेता गोविन्दराज जोशी र समाजका सदस्य एवं कांग्रेस नेता ढकाल नेपाली कांग्रेसले वीपीको विचारधारालाई त्यागेको बताउ“दै आगामी दिनमा युवापुुस्तालाई समेटेर वीपीको विचारलाई पछ्याएर लैजान सकेमात्र कांग्रेस सुदृढ हुने बताए ।

Exit mobile version