श्रेणीहरू समाचार

मनसुनी वायु सक्रिय भएपछि देशभर वर्षा, सडक जलमग्न

काठमाडौं–मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ बढेपछि देशभर वर्षा भैरहेको छ । वर्षाले देशका ६ वटा प्रदेशमा भारी वर्षा भइरहेको छ ।


जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार अपरान्हदेखि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ ।


तराई भूभागको मधेस प्रदेशको एक, दुई स्थानमा भारी वर्षा भएको छ । महाशाखाका अनुसार मंगलबारसम्म वर्षाको संभावना रहेको जनाएको छ । माथिल्लो क्षेत्रमा वर्षा भएपछि कोशी व्यारेजका ५२ वटा ढोका खुल्ला गरिएको छ ।

यत्रा काठमाडौमा वर्षाले माइतीघर लगायत अधिकांश स्थानमा जलमग्न भएपछि सवारी आवतजावतमा समस्या भएको छ । वागमती नदीमा पनि पानीको वहाब उच्च भएको छ ।
मंगलबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने अन्य क्षेत्रमा पनि वर्षा हुने महाशाखाले जनाएको छ ।

Exit mobile version