काठमाडौ–वर्षा र सहकालका देवताको रुपमा पूजीने रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पु¥याइएको छ ।
वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण शुरु भएको थियो । ललितपुरको लगनखेलको ठटीटोलबाट तानेर ठटीटोलमा रोकिएको रथलाई शुभ साइत हेरेर जावलाखेल पु¥याइएको छ । रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पु¥याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन छ । सोही प्रचलन अनुसार यही असार ६ गते शनिबार भोटो देखाइने अर्थात भोटो जात्रा हुने छ ।
ललितपुरको पुल्चोकबाट सुरु भएको रातो मच्छिन्द्रनाथको रथयात्रा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पु¥याएर भोटो देखाइने गरिएको छ ।
भोटो देखाएसँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुने गर्छ ।
पौराणिककालमा काठमाडौं उपत्यकामा १२ वर्षसम्म पानी नपर्दा अनिकाल पर्यो । भक्तपुरका तत्कालीन राजा नरेन्द्र देव यो जात्राको सुरुवात् गराइएको किम्वदन्ती रहिआएको छ ।
