राजनीति सबै

राष्ट्रपतिव्दारा संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन सहित ७ वटा अध्यादेश जारी

काठमाडौँ–संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश राष्ट्रपतिले जारी गरेका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपतिले अध्यादेशका केही प्रावधानप्रति असहमति जनाउँदै पुनर्विचारका लागि आइतबार फिर्ता गरेका थिए । सरकारले सोमबार जस्ताको तस्तै पुनः स्वीकृतिका लागि पठाएपछि उनले मंगलबार जारी गरेका हुन् ।

यसअघि उनले ७ वटा अध्यादेश–
केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३,
स्वास्थ्य विज्ञान प्रतिष्‍ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३,
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३,
विश्‍वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३,
सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ९तेस्रो संशोधन० अध्यादेश, २०८३
सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३

Exit mobile version