सबै समाचार

राजा शाहको सचिवालयले पूर्व शव्द हटायो, राजाले सोमबार जानकी मन्दिरको दर्शन गर्नु हुने

काठमाडौं–राजा आउने सोमबार जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गर्न जाने हुन भएको छ ।

राजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुरमा रहेको जानकी(सीता) को मन्दिरको दर्शन गर्न रानी कोमल सहित जान लाग्नु भएको हो । संवाद सचिवालयले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


केही समय अघि नेपाल सरकारले श्री ५ र राजा शव्द हटाउन भनेको थियो । त्यसपछि संवाद सचिवालयले पूर्व राजा उल्लेखित थियो भने बुधबार जारी विज्ञप्तिमा भने बहुदलको समयमा झै श्री ५ महाराजाधिराज उल्लेख गरिएको छ ।

Exit mobile version