काठमाडौं– नेपालमा प्रकाशन व्यवसायलाई संस्थागत रूप दिने रत्न पुस्तक भण्डार हो यसका संस्थापक रत्नप्रसाद श्रेष्ठ हुन् ।
उनी विसं २०६० साल वैशाख १० गतेका दिन निधन भएको थियो । उनी ८० वर्षको उमेरमा क्यान्सर रोगबाट काठमाडौंमा निधन भएको थियो । विसं १९८० साल असोजमा रत्नप्रसाद श्रेष्ठको जन्म काठमाडौं मखनटोलमा भएको थियो । उनका बाबु रामदास श्रेष्ठबाट मिठाई पसलसँगै धार्मिक चित्र र पुस्तकहरूको पनि बिक्री सुरु गरिएका थिए । उनी परिवारका माहिला रत्नप्रसादले बाबुको काममा सघाउदै किशोर अवस्थाको शुरुवात गरेका थिए ।
त्यतिबेला कपडामा पोको पारेर पुस्तकहरू दिनभर काठमाडौंका विभिन्न ठाउँका सडक किनारमा पु¥याएर बेच्ने लगायत पुस्तक लिन बाबुसँगै बनारस जाने पनि गर्दथे । उक्त समय ३–४ दिन पैदल हिंडेर लरी चढेपछि बनारस पुगिन्थ्यो । सबै पुस्तकहरु बनारसबाटै ल्याइन्थ्यो । यसरी बनारसबाट धार्मिक पुस्तकहरु झिकाएर नेपालमा पुस्तक व्यापार गर्नु निकै चुनौतीपूर्ण काम थियो । यस्तो चुनौतीपूर्ण कार्यबाटै सिकेको सीप र आफूले आर्जेको अनुभवबाट रत्नप्रसाद श्रेष्ठले सडक किनाराको पुस्तक पसललाई विसं. २००३ सालमा आफ्नै नाम अन्तर्गत ’रत्न पुस्तक भण्डार’ बनाए ।
तत्कालिन समयको ठूलो किताब भण्डार स्थापना गरे । संयोग कस्तो भने उनकी श्रीमतीको नाम पनि ’रत्न’ नै थियो। नेपालमा पुस्तक नछापिने भएकाले सबै पुस्तक बनारसमै छपाएर ल्याउन पथ्र्यो भने पछि नेपालमा प्रेस आएपनि ढिलो छाप्ने भएकाले निक्कै पछिसम्म पनि पुस्तकका लागि बनारस मै जान पर्ने बाध्यता थियो । पछिल्लो समय बनारसबाट भरियामार्फत तथा हुलाक मार्फत पुस्तकहरु ल्याइन थालिएको थियो । यातायातको व्यवस्था सहज भएपछि भने सम्पूर्ण पुस्तकहरु बस मार्फत नै आउन थालेका थिए । रत्नप्रसादका ८ जना छोरा मध्ये ७ जना छोराको परिवार अझै पनिसंगै यसै व्यवसायलाई नै निरन्तरता दिंदै आएका छन् ।
साभारः तस्बिरमा नेपाल
प्रतिक्रिया