काठमाडौं–मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहिबार मस्जिदमा मनाउन सुरु भएको छ ।
सरकारले उक्त पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीले इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधिविधान रहेको छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरेर नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज(पाठ) गर्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्छन् ।
यो अवसरमा काठमाडौस्थित दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद, नुवाकोटको त्रिशूली लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड छ ।
प्रतिक्रिया