July 28, 2026
मुख्य समाचार शिक्षा, स्वास्थ्य तथा खेलकुद सबै

इबोला भाइरसबाट नेपाल सुरक्ष्ँित, कङ्गोबाट फर्कनेलाई क्वारेन्टइनमा

काठमाडौं– इबोला भाइरसको प्रकोप विश्वव्यापी फैलन भएपछि कङ्गोबाट फर्कने नेपाली शान्ति सैनिकहरुलाई विशेष सतर्कता अपनाउन भनिएको छ । उक्त कुरा नेपाली सेनाले जनाएको छ ।

पछिल्ला समयमा कङ्गो र युगान्डामा इबोलाका सङ्क्रमणबाट धेरैको ज्यान गएको घटना देखिएपछि नेपाली सैनिकलाई पनि सतर्कता अपनाउन भनिएको पनि ती देशहरूमा नेपालीहरूको आवतजावत धेरै नभए तापनि कङ्गोमा शान्ति सेनामा नेपाली खटिएने गर्छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले इबोला प्रकोपप्रति विश्वव्यापी चासो बढेको जनाउँदै हालै विश्व स्वास्थ्य सङ्कट घोषणा गरेको छ ।
यता नेपाली सेनाले ती देशबाट फर्कने सैनिकहरूमा अहिलेसम्म सुरक्षित रहेका छन् ।

कङ्गोका तीनवटा स्थानमा इतुरी प्रान्तको पेनी, बुनिया र माबिबीमध्ये बुनियामा इबोला सङ्क्रमित भएपनि नेपाली सैनिकहरूले सुरक्षा योजना पालना गरेकाले भाइरसले नछोएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूले पनि शान्ति मिशनमा जाने सुरक्षा निकायका अधिकारीहरूसँग सुरक्षाबारे समन्वय गरेर जानु पर्ने जनाएको छ ।
ती देशका शान्ति सेनामा जाने नेपाली सेना र सशस्त्र प्रहरी छन् । सशस्त्र प्रहरीपनि सुरक्षित रहेका छन् ।

शान्ति सेनामा गएर फर्केनेहरु सोझै सर्वसाधारण आउने हवाईजहाजमा नभई चार्टर्ड जहाजमा आउने प्रावधान छ ।
सैन्य मुख्यलयले जनाए अनुसार कङ्गोमा ९७० भन्दा बढी नेपाली शान्ति सैनिक तैनाथ छन् भने सशस्त्रको भने खुलाइएको छैन ।
मिसनबाट आएकालाई २१ दिनपछि क्वारेन्टाइनमा बसेर स्वास्थ्य समस्या नदेखिएमा मात्र घर जान अनुमति दिने बताइएको छ ।

के हो इबोला र सरकारको तयारी
इबोलाको सङ्क्रमण फैलिएका देशहरुबाट हवाईमार्गबाट नेपाल आवतजावत गर्ने यात्रुहरुको संख्या धेरै नभएको र स्थलमार्गबाट आउने सावधानी अपनाउन भनिएको स्वास्थ्य मन्त्रालयका पदाधिकारीले जनाएका छन् ।

इबोलाको लक्षण
इबोला सङ्क्रमण भएपछि ज्वरो, मांसपेशी दुख्ने, थकान हुने, टाउको दुख्ने र घाँटी दुख्ने गर्छ । त्यसपछि बान्ता हुने र पखाला लाग्ने लक्षण देखिने गरेको डब्ल्यूएचओले जनाएको छ ।
यो भाइरसको खोप वा औषधी बनेको छैन । स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूका अनुसार अनुसार इबोलाको अहिलेको स्ट्रेन बुन्डिबुजो भाइरसका कारणले भएको हो । त्यसका लागि कुनै स्वीकृत औषधि वा खोपहरू उपलब्ध छैनन् ।

इबोला सन् १९७६ मा कङ्गोमा पत्ता लागेको र चमेरोबाट फैलिएको मानिन्छ । कङ्गोमा यो भाइरसबाट २३ सयको ज्यान गइसकेको छ ।

प्रतिक्रिया